Radio Golden Live..

कम्युनिष्ट सरकारविरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज महँगी, भ्रष्टाचारको विरोधमा  देशव्यापी प्रदर्शन गर्ने भएको छ। देशभर  र सरकारका कतिपय निर्णयको  विरुद्ध प्रदर्शन गर्न लागेको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महंगी, भ्रष्टाचार तथा सरकारका अनेक जनविरोधी निर्णयविरुद्ध कांग्रेसले आज  देशव्यापी प्रदर्शन गर्न लागेको जानकारी दिए ।प्रदर्शन ७७ वटै जिल्लास्थित सदरमुकाममा गर्न लागिएको कांग्रेसले जनाएको छ । प्रदर्शनलाई प्रभावकारी बनाउन केन्द्रीय सदस्यहरुलाई जिल्ला खटाएको कांग्रेसले आम कार्यकर्ता तथा समर्थकहरुलाई यसमा सहभागी हुन आग्रह गरेको छ । काठमाडौंको हकमा भने भने दिउँसो एक बजेदेखि प्रदर्शन सुरु गर्ने नेपाली कांग्रेसले जनाएको छ । बिभिन्न स्थानबाट निकालिने र्‍याली शान्तिवाटीकामा पुगेर विरोध सभामा परिणत हुने नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले जानकारी दिए । उनका अनुसार विरोध सभालाई काठमाडौंमा उपलब्ध बिभिन्न नेताहरुले सम्बोधन गर्नेछन् । चिकित्सा शिक्षा विधेयकमा आफ्ना सरोकारहरु नसमेटिएको भन्दै कांग्रेस रुष्ट बनेको छ । त्यस्तै, वाइडबडी खरिदमा भएको घोटालाको निष्पक्ष छानबिनलाई पनि कांग्रेसले आफ्नो प्रमुख एजेन्डा बनाउँदै आइरहेको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]