सुनचाँदी व्यवसायी मञ्चको दोस्रो नयाँ साधारणसभा सम्पन्न, लकान्द्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको दोस्रो साधारणसभा सम्पन्न भएको छ । नेपालमा आभुषण क्षेत्रका  रहेको विसंगतिहरुको अन्त्य गर्ने उद्देश्यले  स्थापना गरिएको  नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको दोस्रो साधारणसभा भव्यरुपमा सम्पन्न भएको छ । दोस्रो साधारणसभाले दोस्रो कार्यकालका लागि गणेशप्रसाद लकान्द्रीको अध्यक्षतामा तीन  वर्षीय कार्यकालका लागि नयाँ कार्यसमिति  सर्वसम्मतले चयन गरेको छ ।

साधारणसभाले विशिष्ट सदस्यमा आनन्दसागर रसाइली, वरिष्ठ उपाध्यक्षमा डम्बर बराइली, उपाध्यक्षमा खेम रिसाल, भरत शंकर, बीर बहादुर विश्वकर्मा, महासचिमा खेम तिरुवा, सचिवमा नेत्रबहादुर विश्वकर्मा, मोहन विश्वकर्मा, कोषाध्यक्षमा देव सेन्चुरी, सहकोषाध्यक्षमा रमेश लकान्द्रीलाई चयन गरेको छ ।

यस्तै कार्यसमितिका सदस्यहरुमा राजकुमार गहतराज, लब बराइली, ताराबीर विश्वकर्मा, मनिषा कार्की, सुमन दियाली र महेन्द्र शंकर रहेका छन् भने बोर्ड सदस्यहरुमा हनु शंकर, भक्तबहादुर विश्वकर्मा, बमबहादुर लकान्द्री, मिरा धमला, रामकुमार विश्वकर्मा, भगत रसाइली र ध्रुव लकान्द्री चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष लकान्द्रीले मञ्चले देशका सातै प्रदेशमा शाखा विस्तार गर्ने तयारी भईरहेको  जानकारी दिए  ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]