Radio Golden Live..

नेविसंघ अध्यक्ष महरसहित नेताहरू पक्राउ

काठमाडौं । सिडियो कार्यालय घेराउन गर्ने क्रममा   नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित एक दर्जन नेताहरू पक्राउ परेका छन्। महरसहितका नेताहरू सिडियो कार्यालय घेराउन गर्ने क्रममा पक्राउ परेका हुन्। पोखरामा सरकारी गाडी जलाएको आरोपमा नेविसंघका नेताहरूमाथि मुद्दा चलाइएको थियो। आफूहरूमाथि मुद्दा चलाएको विरोधमा नेविसंघका नेताहरूले बानेश्वरमा प्रदर्शन गरेका थिए। उनीहरूलाई प्रदर्शनकै क्रममा प्रहरीले पक्राउ गरेको हो। नेपाल विद्यार्थी संघले सरकारको विरोध गर्ने क्रममा प्रदर्शनसहित सरकारी गाडी जलाएको थियो। नेपाली कांग्रेसका नेता गगन थापालेसमेत सरकारी गाडी जलाएको विषय गलत भएको बताएका थिए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]