Radio Golden Live..

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ। बैठकमा गत पुसमा सम्पन्न महासमिति बैठकले पारित गरेको पार्टी विधानलगायत दस्तावेज परिमार्जनसहति पारित गर्ने विषयमा छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। दिउँसो १ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सोमबार सरकारको विरुद्धमा देशभर भएको प्रदर्शनका बारेमा समीक्षा हुने प्रवक्ता शर्माले बताए। बैठकले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमिति विघटन गर्ने वा महाधिवेशनका लागि समय थप्ने भन्नेबारे निर्णय लिने उनले बताए। नेविसंघमा नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिले थपिएको पाँच महिनाभित्र पनि महाधिवेशन गराउन नसकेपछि पार्टीले माघ २ गतेबाट नेविसंघलाई काम चलाउ बनाएको थियो।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]