आज सुनको भाउ घट्यो

काठमाडौं  । लामो समयदेखि निरन्तर उकालो लागेको सुनको मूल्य  आज भने घटेर कारोबार भएको छ।  स्थानीय बजारमा आज  सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा छापावाल सुनको मूल्य ६२ हजार चार सय रुपैयाँ तोकिएको छ। मंगलबार यो मूल्य ६२ हजार छ सय रुपैयाँ रहेको थियो।  आज तेजावी सुनको मूल्य प्रतितोला ६२ हजार एक सय र चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य मंगलबारको तुलनामा पाँच रुपैयाँले घटेको छ। मंगलबार ‍चाँदी प्रतितोला ७८५ रुपैयाँमा बिक्री गरिएको थियो।  मागमा सुनको माग बढी हुनेगर्छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका  अनुसार अहिले स्थानीय बजारमा सुनको मूल्य प्रतिदिन ४० केजी हुने गरेको छ। मूल्य निरन्तर बढेको कारण माग घटेकोमा बुधबार भने घटेर कारोबार भएको हो।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: goldenkhabar75@gmail.com