युनिभर्सल पावरको आईपीओमा ४० करोडको आवेदन

 काठमाडौं युनिभर्सल पावर कम्पनीको साधारण शेयर  आइपीओमा करिब ४० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । आज बिहान १० बजेसम्म करिब ४० लाख कित्ता अर्थात् ४० करोड रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले जानकारी दिए । कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि ८६ लाख ७४ हजार ४९२ कित्ता आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओका लागि आज र भोलि मंगलबारसम्म आवेदन दिन सकिने छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: goldenkhabar75@gmail.com