धनगढी प्रिमियर लिगको उद्घाटन खेल आज

काठमाडौं ।  धनगढी प्रिमियर लिग डिपिएलको तेस्रो संस्करणको उद्घाटन खेल आज  हुँदैछ । आयोजक धनगढी क्रिकेट एकेडेमिले शनिबार धनगढीमा एक कार्यक्रम गर्दै डिपिएल ३ उद्घाटन गरेको थियो । तर वर्षाका कारण मैदान हिमाल्म्य भएपछि खेल हुन सकेको थिएन । सोमबार उद्घाटन खेलमा धनगढी स्टार्स र काठमाडौँ गोल्डेन्स भिड्नेछन्। यस्तो दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर यूनाइटेड खेल्नेछन्। डिपिएलको विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]