Radio Golden Live..

भरुवा बन्दुकसहित एकजना पक्राउ

काठमाडौं । दाङमा सोमबार राति भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट डगमाराबाट खटिएको प्रहरी टोलीले राजपु गाउँपालिका(७ गन्देलाका ४२ वर्षीय शशिराम पुनलाई पक्राउ गरेको हो । उनको साथबाट दुईवटा लोड बन्दुक बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पुनले मादक पदार्थ सेवन गरी सोही गाउँपालिकाका ५५ वर्षे तिलक डांगीसँग विवाद हुँदा बन्दुकले मार्छु भनी बन्दुक निकालेका थिए । सोही सूचना प्रहरीले पाएपछि पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]