विश्वकप एसिया छनौट : दोस्रो खेलमा नेपालको थाइल्याण्डसँग पराजित

काठमाडौं ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल  आइसिसी  महिला विश्वकप क्रिकेटको एसिया छनौटको दोस्रो खेलमा नेपालले घरेलु टोली थाइल्याण्डसँग पराजित भएको छ । पहिलो खेलमा मलेसियामाथि सहज जित निकालेको नेपालले बिहीबार भएको दोस्रो खेलमा थाइल्याण्डसँग ५७ रनले पराजित भएको हो ।

१२५ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले ८ विकेटको क्षतिमा ६७ रन मात्रै बनायो । नेपालका लागि इन्दु बर्माले २९, सीता रानामगरले १८ रन बनाए । नेपालका लागि कविता कुँवर र नेरी थापाले दुई–दुई विकेट लिए । रुविना चौधरी र करुणा भण्डारीले एक–एक विकेट लिए । यसअघि थाइल्याण्डले १२४ रन बनाएको थियो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]