डिपिएल महेन्द्रनगर युनाइटेड फाइनलमा

धनगढी। धनगढीमा जारी धनगढी प्रिमियर लिग  डिपिएल  अन्तर्गत बिहीबार भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई एक रनले पराजित गर्दै महेन्द्रनगर युनाइटेड फाइनल प्रवेश गरेको छ। महेन्द्रनगरले निर्धारित २० ओभरमा नौ विकट गुमाउँदै १ सय १५ रन बनाएको थियो। उसका लागि शरद भेषवाकरले २९, सुब्रमणियम आनन्दले २० र अमरसिंह रौटेलाले १९ र मोहम्मद नाभिदले १८ रनको योगदान दिए। १ सय १६ रनको लक्ष्य पछ्याएको रुपेन्देही च्यालेन्जर्सले नौ विकेट गुमाएर १ सय १४ रन मात्रै बनायो। उसकालागि बाबर हायात र प्रदीप ऐरीले समान २८ रन, विनोद भण्डारीले २३ तथा सन्दीप सुनारले १४ रन बनाएपनि टीमलाई जित दिलाउन सकेनन्। बलिङतर्फ महेन्द्रनगरका अविनाश बोहराले दुई तथा मोहम्मद नाभिद, सागर ढकाल, सिद्धान्त लोहनीले एक–एक विकेट लिए। त्यसै गरी रुपन्देहीका लागि ललितसिंह भण्डारीले चार, पूनित मेहराले ३ र वसन्त रेग्मीले २ विकेट लिए। फाइनल खेल सिवाईवी अत्तरीया र महेन्द्रनगर युनाइटेडकाबीच शनिबार हुनेछ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]