Radio Golden Live..

सप्तरीमा बृद्ध दम्पतिको ज्यूँदै जलाएर हत्या

सप्तरी । सप्तरीमा ज्यूँदै आगो लगाएर एक बृद्ध दम्पतिको हत्या भएको छ । खड्ग नगरपालिका ५ खरचुहियाका ७० बर्षीय सबुरी साह र उनकी पत्नी ६५ बर्षीया बेचनी देवीलाई ज्यूँदै आगो लगाएर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । कपडामा छोपेर आगो लगाइएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए । मंगलबार बिहान दूध लिएर आउने व्यक्तिले साहको ढोको नखुलेको र घरको झ्यालबाट धुवाँ आइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घट्नास्थल पुगेर घरको ढोका तोडेरभित्र पस्दा जलेको अवस्थामा दुबैको शव फेला परेको हो । साह दम्पतिको हत्या कसले र किन गर्‍यो भन्ने खुलेको छैन । हत्यारा पत्ता लगाउन तालिम प्रााप्त कुकुरसहित टोली परिचालन गरिएको छ । घटना स्थलमा रगतको छिटा समेत भेटिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले बताएका छन् ।मृृतक साह व्याजमा रकम लगानी गर्दै आएको स्थानीयहरुले बताएका छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]