दुई तिहाईको सरकार हुदा पनि जनअपेक्षा अनुसार काम भएन् : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताले चाहेअनुसार काम नभएको अनुभूत गरेको बताएका छन। जनताको सरकारप्रतिको बुझाइ प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जानकारी भएको अध्यक्ष दाहालले बताए। गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले जनताले दुई तिहाईको सरकार गठन गर्दा पनि अनुभूत हुनेगरी काम हुन नसकेको बताएका हुन। उनले चुनावमा गरेका बाचा पूरा नहुँदा जनताले दिने प्रतिक्रिया ने क पाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र आफूलाई पनि ज्ञात भएको बताए। ुयो बीचमा केही राम्रा काम शुरु भएका छन। तर दुई तिहाईको सरकार भएका बेला नेपाली जुन गतीको साथ विकास होला निर्माण होला फटाफट काम होला भ्रष्टहरूमाथि कारबाही होला सुशासन होला लागेको थियो त्यो हुन सकेको छैनु । दाहालले केही राम्रा काम भए पनि जनताले अनुभूत गर्नेगरी काम हुन नसकेको कुरा प्रधानमन्त्रीले पनि बुझेको बताए। पूर्वाधार निर्माण, बृद्धभत्ता, शिक्षा, स्वास्थ्य, रोजगारका काम जनताले आफ्नो सरकार आयो भन्ने सोच्ने, भोग्ने र अनुभूत गर्नेगरी अबको बजेटमा व्यवस्था गर्न प्रधानमन्त्री र आफूबीच कुरा चलिराखेको  अध्यक्ष दाहालले बताए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]