हेलिकप्टर दुर्घटना : मन्त्री अधिकारीसहित ७ जनाकै निधन

काठमाडौं । ताप्लेजुङमा दुर्घटनामा परेको हेलिकोप्टरमा पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार रहेको बताइएको छ।हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, विरेन्द्र प्रसाद श्रेष्ठ, युवराज दाहाल, र अर्जुनकुमार घिमिरे सवार रहेको बताइएको छ। हेलिकप्टरमा सवार सबैको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पुष्टि गरेको छ।ताप्लेजुङस्थित पाथीभरा मन्दिर नजिकैको भिरमा मन्त्री अधिकारीसहित ६ जना सवार हेलिकप्टर दुर्घटनामा परेको हो । एयर डाइनेस्टीका अनुसार पाइलट प्रभाकर केसीले चलाएका थिए। यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद शेरचन, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहालसहित ६ जना सवार थिए ।स्थानीयबासीले हेलिकप्टर भिरमा दुर्घटनाग्रस्त भएको प्रहरीलाई जानकारी दिएका थिए। खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी र नेपाली सेनाको टोली दुर्घटनास्थलतर्फ प्रस्थान गरेको थियो।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: goldenkhabar75@gmail.com