Radio Golden Live..

मुख्य मन्त्री राईद्धारा खानेपानी टङ्की तथा फिल्टर पोखरीको समुद्घाटन

लेटाङ । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको खानेपानी टङ्की तथा फिल्टर पोखरीको सोमबार एक औपचारिक कार्यक्रमका बिच समुद्घाटन गरिएको छ ।

जाते खानेपानी तथा सरसफाई उपभोक्ता समूहको नब निर्मित टङ्की प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले उद्घाटन गरे ।

२५० घन लिटरको खानेपानी टङ्कीले करीब १८ सय जनता लाभान्वित हुनेछन् । प्रदेश सरकार, संघीय सरकार र पभोक्ता समुहको संयुक्त लगानीमा निर्मित भएको उक्त खानेपानी आयोजनाको निर्माण गत बर्षको योजना अन्तर्गत निर्मित भएको हो ।

समुद्घाटन कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले स्वच्छ खानेपानी पिउन पाउनु प्रत्येक नागरिकको अधिकार भएको बताए । कार्यक्रममा प्रदेश साम्सद उपेन्द्र घिमिरे, लेटाङ नगरउपप्रमुख कृष्ण कुमारी पोखरेलले समेत कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
राई जातीको साकेला नाच, मगर जातीको हुर्रा नाच, पन्चे बाजा लगायत अन्य विभिन्न जातीय झाकीहरु सहितको प्रस्तुतिका बिच भब्य रुपमा कार्यक्रम सम्पन्न भएको थियो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]