Radio Golden Live..

महेन्द्रनगरमा गएराति शक्तिशाली बम विस्फोट

२८ मंसिर– धनुषाको सिद्धेश्वर नगरपालिका–५ स्थित महेन्द्रनगरमा गएराति शक्तिशाली बम विस्फोट हुँदा दुईजनाको ज्यान गएको छ । प्रहरीका अनुसार घटनामा स्थानीय ४६ वर्षीय राजेश्वर साह र उनका छोरा २४ वर्षका आनन्द साहको घटनास्थलमै ज्यान गएको हो । घटनामा प्रहरी निरीक्षक अमीर दाहाल र प्रहरी जवान रिजन महतो तथा मृतक राजेश्वरका अर्का छोरा छोरा प्रकाश र छोरी अञ्जली छन् ।

घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । राजेश्वरको घरको शौचालयमा भेटिएको शंकास्पद बस्तु बम भएको आशंकामा अनुसन्धान गर्न प्रहरी पुगेका बेला राति करिब १२ बजे घटना भएको हो । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेहरुलाई बीपी कोइराला मेमेरियल अस्पताल धरान लगिएको छ । कार्कीले घटनाबारे थप अनुसन्धान सुरु गरिएको बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]