Radio Golden Live..

पौडेललाई भेट्न नेपाली कांग्रेसका सभापति देउवा र उपसभापति निधिलाइ उनकै निवास पुगे

काठमाडौं । पार्टीको केन्द्रीय कार्यसतितिको बैठक बहिस्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिलाइ उनकै निवास पुगेका छन् । तर पौडेलले १४औं महाधिवेशनको कार्यतालिका पहिलो शर्त भएको भन्दै अरु कुरा वार्ता समितिसँगै गर्न भनेर पठाएका छन् ।

पौडेल समूहले बिहीबार केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेको थियो, जुन बैठकमा केन्द्रीय विभागहरु थप्र्ने, नेवि संघको म्याद ६ महिना लम्ब्याउने लगायतका प्रस्ताव पेश भएको थियो । त्यसको भोलिपल्ट शुक्रबार चाक्सीबारीमा बसेको बैठकले महाधिवेशनको कार्यतालिकाको अडान नछाड्ने निर्णय गर्दै प्रकाशमान सिंहको नेतृत्वमा वार्ता समिति बनाएको छ । भेटमा देउवाले विभाग गठन र तरुण दलको म्याद थपका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
‘महाधिवेशनको कार्यतापलिका नबनाउने भनेकै छैन’ उपसभापति निधिले भने, राधेश्याम अधिकारीको नेतृत्वको निर्वातन समितिले अन्तरिम संरचनाको समायोजना काम सकिसकेपछि कार्यतालिका बनाउने निर्णय पनि छ । वरिष्ठ नेता पौडेलले महाधिवेशनको कार्यतालिका पहिलो शर्त भएको जवाफ दिएका छन् । ‘महाधिवेशनको कार्यतालिकालाई टेबलमा अगाडि राखेर अरु समस्याहरु परस्परिकताका आधारमा सुल्झाएर जानुपर्छ’ नेता पौडेलले भनेका छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]