Radio Golden Live..

’ए’ डिभिजन लिग फुटबलमा,त्रिभुवन आर्मी क्लबले र च्यासल क्लबको विजयी सुरुवात

काठमाडौं । त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २र१ गोल अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एक एक गोल गरे ।

आर्मीले खेलको तेस्रो मिनेटमै नवयुगको गोलबाट अग्रता बनाएको थियो । खेलको ५० औं मिनेटमा शक्तिले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काए । उनले आर्मीका गोलरक्षक र एक डिफेन्डरलाई बिट गर्दै गोल गरे । तर, ८१ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई २र१ को जित दिलाए । यू(१९ टिमका सदस्य समेत रहेका दिनेशले कप्तान भरत खवासले कर्नर मार्फत मिलाएको बललाई डिबक्स भित्रबाट जाली चुमाए । जितसँगै आर्मीले पहिलो खेलमै ३ अंक जोडेको छ ।

त्यस्तै कप्तान सन्तोष शाहुखलको दुई गोलको सहयोगमा च्यासल युथ क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिगमा विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा च्यासलले १० खेलाडीमा सिमित संकटा क्लबलाई २–० ले हराएको हो । च्यासलका जितमा दुवै गोल सन्तोषले गरे । पहिलो हाफको ४२ औं मिनेटमा सन्तोषले गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ७५ औं मिनेटमा क्षितिज राज जिटीको हेडर च्यासलका डिफेन्डर अविशेक लिम्बुले गोललाइनबाट बल क्लियर गर्दा संकटा बराबरी गोल गर्नबाट चुकेको थियो ।

७७ औं मिनेटमा संकटाका सुवास गुरुङको उत्कृष्ट प्रहार च्यासलका किपर एलेन न्यौपानेले उत्कृष्ट बचाउ गरे । खेलको ८१ औं मिनेटमा लक्ष्मण रुचालले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा संकटा १० खेलाडीमा समेटियो । उनले च्यासलका नितिन थापालाई फउल गरेका थिए । जसको कारण रेफ्री प्रकाश नाथ श्रेष्ठले उनलाई मैदान बाहिर पठाएका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दै च्यासललाई २र० को जित दिलाए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]