Radio Golden Live..

चीनमा डिसेम्बर २० र २१ मा आयोजना हुनलागेको बक्सीङ प्रतियोगितामा सहभागी हुन जान लागेका खेलाडीलाई आज विदाइ

विकास
ओलम्पीक क्वालीफाईङ गेम अन्र्तगत चीनमा डिसेम्बर २० र २१ मा आयोजना हुनलागेको बक्सीङ प्रतियोगितामा सहभागी हुन जान लागेका खेलाडीलाई आज विदाइ गरिएको छ ।
बक्सीङ खेलाडी मिनु गुरुङ र भूपेन्द्र थापालाई आज राखेपमा आयोजित एक कार्यक्रममा विदाई गरिएको छ । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागमा मिनु गुरुङले महिला ५४ केजी र भूपेन्द्र थापाले पुरुष ६४ केजीमा नेपालकालागि स्वर्ण पदक जितेका थिए । त्यस्तै १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागमा बक्सीङ तर्फ पदक जित्ने खेलाडीलाई सम्मान गरीएको छ । वक्सीङमा स्वर्ण जित्ने खेलाडीहरु मिनु गुरुङ, भूपेन्द्र थापा र सनिल शाहिलाई नेपाल बक्सीङ संघका अध्यक्ष राम अवाले पुरस्कार पनि वितरण गर्नुभएको छ । अध्यक्ष अवाले १ लाख ५० हजार र नेपाल बक्सीङ संघका संस्थापक अध्यक्ष बिष्णु गोपाल श्रेष्ठले प्रोत्सहानस्वरुप ५० हजार सहित जनही २ लाख र प्रशंशा पत्रले सम्मान गर्नुभएको थियो । कार्यक्रममा राखेप सदस्य सचिव रमेश सिलवालले बक्सीङमा एतिहासीक स्वर्ण प्राप्तीले सम्पुण खेलाडीको मनोवल उच्च रहेको जानकारी दिनुभयो ।
सागको ईतिहासमा नेपालले बक्सीङतर्फ ३ स्वर्ण ६ रजत र ६ कास्य सहित १५ पदक जितेको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]