Radio Golden Live..

सूर्यग्रहणका बेला सार्वजनिक विदा नहुने

काठमाडौं, ९ पुस । बिहीबारको सूर्यग्रहणका बेला सार्वजनिक विदा नहुने भएको छ ।
विहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताउनुभयो

यसअघिका सूर्यग्रहणका बेला सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । यसपटक भने क्यालेन्डर वार्षिक पात्रो मा बिदा उल्लेख नगरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताउनुभयो। केही सामाजिक सञ्जालमा सूर्यग्रहणमा सार्वजनिक विदा हुने भन्ने समाचार राखिएका कारण धेरैमा चासो बढेको थियो । क्यालेण्डरमा बिदा नभएको बेलामा सरकारले निर्णय गरेर बिदा दिने गरेकामा हालसम्म सूर्यग्रहणका लागि पुस १० गते सार्वजनिक बिदा नदिने निर्णय भएको उहाँले बताउनुभयो। ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]