शहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तरगत मनाङ शीर्ष स्थानमा, संकटा र जावलाखेल बिच एक एकको बराबरी


विकास
साविक विजेता मनाङ मर्स्याङ्दी क्लब शहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।आज भएको पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लबलाई १⁄० गोल अन्तरले पराजित गर्दै १० खेलाडीमा सिमित मनाङ तेस्रो जितसहित शीर्ष स्थानमा उक्लिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङलाई जित दिलाउन जगजित श्रेष्ठले भीदाल लुइसको क्रसलाई सदुपयोग गर्दै निर्णायक गोल गरे । जगजितले खेलको २५ औं मिनेटमा निर्णायक गोल गरेका हुन ।

त्यस्तै आजै त्रिपुरेश्वर स्थीत दशरथ रंगशालामा भएको दोस्रो खेलमा संकटा युथ क्लब र जावलाखेल युथ क्लब बीच एक एक गोलको वराबरी भएको छ । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा संकटाले बराबरी खेलेको हो । पहिलो हाफको ३६औं मिनेटमा संकटाका लक्ष्मण रुचेलले फ्री किक र्माफत गोल गरेका हुन । रुचालले बाया भागको कर्नर नजिकै पाएको फ्रिकिकलाई उत्कृष्ट ढंगबाट गोलमा परिणत गरेका हुन । त्यस्तै दोस्रो हाफको ७३ औं मिनेटमा जावलाखेल युथाका डेडी जुनियर वाम्वाले हेडमार्फत खेललाईृ बराबरीमा र्फकाए । खेलको अन्त्य सम्म थप गोल हुन नसक्दा खेल एक एक को बराबरीमा सकिएको हो ।बराबरी संगै दुबै टोलीले एक एक अंक बाढे्का छन ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]