Radio Golden Live..

मोडलिङ गर्न भन्दै एक युवतीलाई विराटनगर,तान्त्रिक पुजा गरी बलि दिने योजना

मोडलिङ गर्ने भन्दै एक युवतीलाई विराटनगर पु¥याई बोर्डर पास गराई तान्त्रिक पुजा गरी बलि दिने योजनामा संलग्न सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरी मानव बलि दिने योजनामा रहेको गिरोहलाई सार्वजनिक गरेको हो । प्रहरीले नवलपरासीका कृष्ण तामाङ, सप्तरीका उमेश शाह, दाङका दिल कुमारी बुढामागर, सप्तरीका उमेश माझी, विराटनगरका दिलिप पोदार, धादिङ्गका प्रेमा तामाङ र सुनसरीका रंजित कुमार चौधरीलाई सार्वजनिक गरेको हो ।

अनुसन्धानका क्रममा युवतीलाई मोडलिङका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्नुपर्ने भन्दै त्यसबापत राम्रो रकम दिने प्रलोभन देखाएको खुल्न आएको प्रहरीले जनाएको छ । रकम पाउने आशामा ६ फिट उचाई भएकी युवतीलाई विराटनगर हुँदै तान्त्रिक पुजाको लागि बोर्डर पार गराउने योजना अनुसार युवतीलाई मोडलिङका लागि प्रस्ताव गरेको र उनले प्रस्ताव स्विकार गरेको प्रहरी उपरिक्षक अशोक सिंहले बताउनुभयो । तर, युवतीले शंका गरी महानगरीय प्रहरी परिसर काठमाडौंमा पुस ४ गते जानकारी गराएपछि प्रहरीले अनुसन्धान सुरु गरेको सिंहले बताउनुभयो ।

प्रहरीले मुख्य योजनाकार दिलिप पोदारलाई भारत विहार मन्दिरका बाबा लगायत अन्य व्यक्तिले पैसा दिई सम्पर्क गरेको देखिएको, प्रेम, माया र कृष्णले ५ लाख रुपैयाँ पाउने आश्वासन पाएको अनुसन्धानमा खुलेको जनाएको छ । उनीहरुको साथबाट प्रहरीले १ लाख ९ हजार ५ सय रुपैयाँ, सामसुङ मोबाइल ७ थान, विभिन्न बैंकका ९ लाख १ हजार बराबरको चेक, कृष्ण तामाङ्बाट ७ थान एटिएम कार्ड तथा तान्त्रिक पुजाका समानहरु बरामद गरेको छ । उनीहरुलाई विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याईएको हो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]