Radio Golden Live..

देउवाले बहुमतको बलमा विधान मिचेको पौडेलको आरोप

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवाले केन्द्रीय समितिमा बहुमतको बलमा विधान मिचेको आरोप लगाएका छन्। २०७७ फागुन मा १४ औं महाधिवेशन कार्यतालिका र विभाग गठन निर्णय गर्दा सभापतिले विधान मिचेको दाबी गर्दै पौडेल पक्षले यस्तो निर्णय सच्याउन माग गरेको छ।
पार्टी महामन्त्री शंशाक कोइराला निवासमा शनिबार गरिएको पत्रकार सम्मेलनमा उनले १२ सय महासमिति सदस्यले गरेको निर्णयलाई देउवाले मिचेको आरोप लगाए। ‘१२ सय जना महासमिति सदस्यले महासमिति बैठकबाट गरेको निर्णय केन्द्रीय समितिमा बहुमत छ भन्दैमा मिच्नेरु’ पौडेलले भने

उनले पद सिर्जना गरेर बाँड्ने प्रपञ्चमा विभाग बढाइएको दाबीसमेत गरेका छन्। ‘२८ विभागलाई ४७ बनाउनु भनेको पद सिर्जना गरेर बाँड्ने पपञ्च र षड्यन्त्र हो’ पौडेलले भने।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]