सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबको तेस्रो जित, न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले तेस्रो जित निकालेको छ । आज भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले तेस्रो जित निकालेको हो । एन्फा कम्प्लेक्समा मछिन्द्रलाई जित दिलाउन एडिलाजा सोमिडेले निर्णायक गोल गरे । खेलको ९० औं मिनेटमा एडिलाजाले हेडमार्फत निर्णायक गोल गरेका हुन् । मछिन्द्रलाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेका आन्देस निया म्यान अफ दि म्याच चुनिए । जितसंगै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

मछिन्द्रले ४ खेलमा ९ अंक जोडेको छ । मछिन्द्रले ३ खेलमा जित र १ बराबरी खेलेको छ । समान अंक भएपनि मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरमा पछि पार्दै मछिन्द्र शीर्ष स्थानाम उक्लिएको हो । ४ खेलमा ४ अंक जोडेको एनआरटी लिगको छैटौं स्थानमा रहेको छ । लिगमा एनआरटीको यो दोस्रो हार हो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]