सहिद स्मारक ’ए’ डिभिजन लिगमा च्यासल युथ पराजीत, दोस्रो खेलमा हिमालयन शेर्पा १–० गोल अन्तरले पराजीत ।


सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबविरुद्ध दुई शुन्यको जित निकालेको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेलले च्यासललाई दुई शुन्य गोल अन्तरले पराजित गरेको हो । जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र विजय घलानले एक एक गोल गरे । बलियो प्रतिद्वन्द्वी च्यासललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको जावलाखेलले दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको ८१ औं मिनेटमा रुप बहादुरले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि ८३ औं मिनेटमा विजयले गोल गर्दै जावलाखेललाई दूई शुन्य को जित दिलाएका हुन । खेलमा जावलाखेलका रुप म्यान अफ दि म्याच धोशीत भए । जावलाखेलले ४ खेलमा ८ अंक जोडेको छ ।च्यासल ४ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

त्यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमै भएको दोस्रो खेलमा ब्रिगेड ब्वाईज क्लबले हिमालयन शेर्पा क्लबलाई एक शुन्य गोल अन्तरले पराजित गरेको छ । ब्रिगेडको जितमा विजय गुरुङले खेलको १७ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा एक शुन्य गोल अन्तरको हार जित निस्किए पनि दुवै टोलीले गोलको थुप्रै अवसर खेर फाले । खेलको ३५ औं मिनेटमा विजयको अर्को प्रहार शेर्पाका गोलकिपर किशोर गिरिले बचाएका थिए । दोस्रो हाफमा शेर्पा निकै आक्रामक देखिएको थियो । ७८ औं मिनेटमा शेर्पाले गोलको सुनौलो अवसर खेर फाले । खेलको अन्तिम केहि मिनेट शेर्पा १० खेलाडीमा सिमित भएको रह्यो । शेर्पाका निरज बस्नेत दोहोरो पहेलो कार्डसहित रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । खेलमा ब्रिगेडका गोलकिपर विशाल म्यान अफ दि म्याच चुनिए । जितसँगै ब्रिगेडले ४ खेलमा ६ अंक जोडेको छ । शेर्पाले ४ खेलमा २ अंक जोडदै ११ औं स्थानमा रहेको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]