Radio Golden Live..

नगरपालिकाको कार्यशैलिप्रति नेकपाको ध्यानाकर्षण,लेटाङ

लेटाङ नगरपालिकाले जनताको आशा अनुसार काम गर्न नसकेको भन्दै नेकपा नगर कमिटि लेटाङले पत्रकार सम्मेलन मार्फत ध्यानाकर्षण गराएको छ ।नेकपाले बिहिबार पार्टी कार्यालय लेटाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा नगरबासीसँग सम्बन्धीत बिभिन्न १३ बटा बुदाँहरु प्रस्तुत गर्दै नगर प्रमुख तथा नगर कार्यापालिकालाई ध्यानाकर्षण गराएको हो ।

स्थानिय तहको निर्वाचन भएको यत्रो समयसम्ममा पनि नगरबासीले महसुस गर्ने किसिमले काम गर्न नसकेको र नगरपालिकाको संरक्षणमा बेथिति मौलाएको भन्दै यथासक्य समाधान गर्नुपर्ने बताईएको हो ।पत्रकार सम्मेलनमा प्रेस बिज्ञप्ती प्रस्तुत गर्दै नेकपा नगर अध्यक्ष कृष्ण लम्सालले नगरपालिकाबाट नितिगत तथा आर्थिक भ्रष्टाचार भएको भन्दै छानबिनको समेत माग गरे । प्रेस बिज्ञप्तीमा प्राकृतिक श्रोत र साधनको हिसाबले मोरङ कै सबैभन्दा धनी रहेको लेटाङ नगरपालिकाले उक्त स्रोत र साधनको समेत संरक्षण र परिचालन गर्न नसकेको आरोप लगाईएको छ ।

संघिय तथा प्रदेश सरकारबाट आएको बजेटसमेत नगरपालिकाको ढिलासुस्ती र आलटालको कारण बजेट फिर्ता तथा फ्रिज भएकोप्रति प्रेस बिज्ञप्ती मार्फत खेद व्यक्त गरिएको छ ।पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको प्रेस बिज्ञप्तीमा नगर प्रमुख नै अध्यक्ष रहेको लेटाङ साना शहरी खानेपानीलाई अनिर्णयको बन्दी बनाएको, कानेपोखरी लेटाङ सडकको मर्मतको नाममा रकम दुरुपयोग गरेको, नगर शिक्षा कार्य्बिधि मार्फत शिक्षामा राजनिति घुसाएको, खोला ठेक्काबाट पाउनु पर्ने रकम ठेकेदारबाट अझसम्म नउठाएको तथा कम मुल्यमा ठेक्का लगाएको समेत आरोप लगाईएको छ । बिज्ञप्तीमा नगरपालिकाको नीति तथा कार्यक्रम तय गर्दा निति नियम बिपरित ठुलो शिर्षकमा अवन्डा शिर्षकमा बजेट छुट्याई अपारदर्शी ढंगबाट रकम खर्च गरिएको कारण ठुलो रकम बेरुजु गर्ने नगरपालिकाको रुपमा लेटाङलाई चिनाएको समेत आरोप लगाईएको छ ।

नगरपालिकाले खरिद गर्ने सामाग्रीहरु सार्बजनिक खरिद ऐन बिपरित खरिद गर्ने गरिएको तथा जनप्रतिनिधिहरुले नै स्थानिय बिकास निर्माणहरुमा ठेकेदारको रुपमा भुमिका खेल्ने गरेको र काम बिग्रिएपछि उपभोक्ता समितिलाई दोस लगाउने गरेको बिज्ञप्ती मार्फत आरोप लगार्ईएको छ । नगरपालिकाले दिगो बिकास लक्ष्य अनुरुप काम गर्न नसकेको र नगरबासीको भबिश्यमाथि खेलबाढ गरेको भन्दै तत्काल छानबिनको दायरामा ल्याउन सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराउन पत्रकार सम्मेलनको आयोजना गरिएको नगर अध्यक्ष कृष्ण लम्साल “अनन्त”ले जानकारी दिए ।

नेकपाले पत्रकार सम्मेलन मार्फत लगाएको आरोपबारे लेटाङ नगरपालिकाका प्रमुख शंकर राईलाई बुझ्दा आरोप प्रमाणहिन र मिथ्या भएको बताए । नगरपालिका क्षेत्रमा हुने सबै क्रियाकलापहरु नगर कार्यपालिकाको निर्णयबाट हुने जनाउदै नगर प्रमुख राईले नगरपालिकाको काममा अनियमितता भएको भए नेकपाले आफ्ना जनप्रतिनिधिहरुबाट कारबाहीको सुरुवात गर्नुपर्ने बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]