काँग्रेस भित्रको आन्तरिक विवाद उत्कर्षमा, देउवाको खम्बा मानिएका नेता कोईराला क्याम्पमा

नेपाली काँग्रेस भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ जसको कारण कंग्रेस भित्र बिबाद चुलिएको छ । सभापति शेरबहादुर देउवाले बहुमतको बलमा केन्द्रिय समितिको म्याद एक बर्ष थप गर्दै १४ औं महाधिवेशनको कार्यतालिका ल्याएको र बहुमतको आडमा बिधानका केही धारा निलम्बन गरेको भन्दै उनको कदम बिरुद्ध मोर्चाबन्दी भईरहेको छ । कांग्रेस महामन्त्री शशांक कोइराला, बरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु कृष्णप्रसाद सिटौला, डा.शेखर कोईराला, अर्जुननरसिंह केसी, रामशरण महत, गगन थापा लगायत सभापति देउवा बिरुद्ध उत्रिएका छन् ।

झण्डै ५० जिल्ला सभापतिहरुलाई पार्टी केन्द्रिय कार्यालय सानेपामा भेला गरी आफ्नै पार्टी कार्यालयबाटै सभापति देउवालाई चुनौति दिएका छन् । सभापतिहरुको भेलाले देउवालाई निर्णय सच्याउँन दवाव दिए संगै देउवा घेरामा परेका छन । जिल्ला सभापतिहरुसँगको भेला चलिरहदा पार्टी कार्यालय प्राङ्गणमा बिद्यार्थी नेताहरुले देउवाबिरुद्ध नाराबाजीसमेत गरेका छन ।
अहिले कांग्रेसको पकट क्षेत्र मोरङका जिल्ला सभापति डिगबहादुर पनि देउवा बिरुद्धको भेलामा सहभागि भएका छन जसको कारण देउवाको कार्यक्षमता माथी प्रश्न उठेको छ । २५ बर्ष अघिदेखि पूर्वमा देउवाको खम्बा मानिदै आएका मोरङ सभापति लिम्बु अहिले देउवासँग असन्तुष्ट भएर कोईराला क्याम्पमा उभिएका छन् ।

उनीहरुले बहुमतको आधारमा गरेको गलत निर्णय सच्याउँन माग गर्दै आएका छन् । केन्द्रिय नेताहरुदेखि जिल्ला सभापतिहरु पनि बिपक्षमा उत्रिदा देउवालाई निर्णय सच्याउँन दवाव बढेको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]