Radio Golden Live..

सिद्धेश्वर शिवालय मन्दिरमा श्रीमद शिव पुराण ज्ञान महायज्ञ तथा धान्यान्चल सुरु

भुमिका पाख्रिन

लेटाङ नगरपालिका स्थित सिद्धेश्वर शिवालय मन्दिरमा आइतबार देखि श्रीमद शिव पुराण ज्ञान महायज्ञ तथा धान्यान्चल सुरु भएको छ । मन्दिरको भौतिक संरचनाहरुको पुनःनिर्माण कार्य सम्पन्न गर्नका लागि पुराण आयोजना गरिएको पुराण आयोजना समितिका सचिब शोभा खड्काले बताइन् । संबिधान सभा सदस्य डिग बहादुर लिम्बूको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख कृष्ण कुमारी पोखरेल, वडाध्यक्ष भूम सूर्य मगरले सबै धर्मको संरक्षण सम्बर्द्धन गर्दै धार्मिक पर्यटनमा जोड दिए ।

कलश यात्रा बाट सिरु गरिएको प्रमुख बाचक पुराणमा भागवत आचार्य पन्डित केवल कृष्ण अधिकारी र उपबाचक पन्डित चन्द्र शेखर दाहाल रहने आयोजकले जनाएको छ । शिवालय मन्दिर ब्यबस्थापन समितिको आयोजनामा सुरु भएको पुराण माघ ८ गतेसम्म चल्ने छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]