Radio Golden Live..

प्रधानमन्त्री ओली आज मिर्गौला प्रत्यारोपणको लागि अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक गरिने मिर्गौला प्रत्यारोपणको तयारी पूरा भएको छ ।

पर्सि बुधबार मिर्गौलाको प्रत्यारोपण गर्नका लागि प्रधानमन्त्री ओली आजै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुँदै छन ।

यसअघि प्रधानमन्त्री ओलीको १३ वर्षअघि भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसबेला उनलाई बुहारी नाता पर्ने अञ्जना घिमिरेले मिर्गौला दिएकी थिन । अहिले प्रधानमन्त्री ओलीलाई भाञ्जी नाता पर्नेले मिर्गौला दिने भनिए पनि नाम खुलाइएको छैन ।

प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणका लागि देशकै सरकारी अस्पताल रोजेका छन । पहिलोपटक प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि उनले नियमित डायलासिस गराउँदै आएका थिए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]