यी महिलाले घुँडाको पाङ्ग्रा खुस्किँदा पनि पुरा समय फुटबल खेलिन् (भिडियो)

घुँडाको पाङ्ग्रा खुस्किँदा पनि पुरा समय फुटबल खेल्ने एक महिलाको इन्टरनेट भर चर्चा सुरु भएको छ।

स्कटल्याण्डको फुटबल लिगमा हालै सेन्ट मिरेन फुटबल क्लबकी कप्तान जेन ओ’टोली लड्दा उनको घुँडाको पाङ्ग्रा खुस्किएको थियो। उनको घुँडाको हड्डी अर्कै स्थानमा सरेको थियो।

तर उनले आफैंले उक्त खुस्किएको पाङ्ग्रालाई ठिक ठाउँमा ल्याउछिन्। भिडियोमा उनले घुँडामा हिर्काएर हड्डी ठिक स्थानमा ल्याउन खोजेको देखिन्छ।

हाल उनको विश्वभर चर्चा सुरु भएको छ। मानिसहरुले महिला पनि पुरुषभन्दा कम नहुने भनेर टिप्पणी गरिरहेका छन्। एजेन्सी

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]