एजेन्सी – आर्सनल एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा आर्सनलले पोर्ट्समाउथलाई उसैको मौनमा २–० गोलले हरायो ।
आर्सनलको जितमा स्रोक्राटिस पासास्थापोलोस र एडी नेकेथियाले गोल गरेका थिए ।
स्रोक्राटिसले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । एडी नेकेथियाले ५१औं मिनेटमा आर्सनलको अग्रता दोब्बर बनाएका थिए । पोर्ट्समाउथले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन ।