एजेन्सी- अमेरिकामा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । पछिल्लो मिडिया रिपोर्ट अनुसार संक्रमितहरुको संख्या पनि ह्वात्तै बढेको छ । केही दिन अगाडिसम्म जम्मा ६० जना संक्रमित रहेको अमेरिकामा संक्रमितहरुको संख्या १०० नाघेको बताइको छ ।
संक्रमण फैलिन थालेपछि स्वास्थ्य अधिकारीहरुले स्कुलहरु बन्द गर्न आग्रह गरिसकेका छन् । मृत्यु हुनेमा वृद्धवृद्धाहरु रहेको बताइएको छ ।
अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गर्दा आम मानिसहरुले माक्स किनेर थुपार्न थालेका छन् ।
बजारमा माक्सको कमी हुन थालेपछि चिकित्सकहरुले माक्स सटेज नगर्न आम मानिसहरुलाई आग्रह गरेका छन् ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म ३१२५ जनाको मृत्यु भइसकेको छ भने झण्डै ९१ हजार संक्रमित भएका छन् ।