Radio Golden Live..

‘प्रेमगीत ३’को क्यारेक्टर पोस्टर सार्वजनिक

यस बर्षको बहुप्रतिक्षित मध्येको एक प्रतीक्षारत फिल्म ‘प्रेम गीत ३’ का कलाकार पुस्कर कार्कीको क्यारेक्टर पोष्टर सार्वजनिक भएको छ ।

फिल्ममा मुख्य भूमिकामा देखिएका उनको फिल्ममा नाम भने ‘पुष्प’ रहेको छ । यस अघि धेरै कलाकारको क्यारेक्टर पोस्टर सार्वजनिक भैसकेको छ भने टिजर चाडै सार्वजनिक गरिने निर्माण टिमको तयारी रहेको छ ।
छेतेन गुरुङ र सन्तोष सेनको सयुक्त निर्देशनमा बनेकोे फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।

आसुशेन फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको फिल्मको निर्मातामा सन्तोश सेन सह निर्मातामा कुमार शान शाह र ओ एस आर डिजिटल कार्यकारी निर्मातामा चक्र बहादुर चन्द र डम्बर बिक्रम सेनको रहेको छ । चैत २८ मा प्रदर्शन हुने यस फिल्मको सार्वजनिक २ गीतले चर्चा पाइसकेको छ । दुइ सय बर्ष पुरानो प्रेमकथामा बनेको फिल्मको सँगितमा कल्याण सिंह र एलिश कार्की छायाँकनमा राजेश श्रेष्ठ एक्सनमा हिमाल केसी कोरियोग्राफरमा कविराज गहतराजको र सम्पादनमा बनिश शाह र भुपेन्द्र अधिकारीको रहेको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]