Radio Golden Live..

चीनमा क्वारेन्टाइन बनाइएको भवन भत्कियो

चीनमा कोरोना भाइरसका संक्रमणको आशंका गरिएकाहरुलाई क्वारेन्टाइनमा राखिएको भवन भत्किएको छ ।

दक्षिणी चीनको फुजियान प्रान्तस्थित छाङ्झोउ शहरमा ५ तले भवन भत्किएको हो ।

स्थानीय समयअनुसार शनिबार बेलुकी ७ बजेतिर उक्त भवन भत्केको जनाइएको छ । स्थानीय अधिकारीले उक्त भवन भत्किने बेला त्यहाँ कोरोना भाइरसको संक्रमण रहेको आशंका गरिएका ७० जनालाई क्वारेन्टाइनमा राखिएको जनाएका छन् । एजेन्सी

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]