मेस्सीको गोलमा बार्सिलोना शीर्ष स्थानमा उक्लियो

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा जित हात पार्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोल अन्तरले पराजित गएको हो । खेलको ८१ औ मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाए ।

सोसिडाडका रोबिन डी नर्मान्डको ह्याण्ड बलमा बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो ।

जितसँग बार्सिलोना ५८ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको रियल मड्रिडको ५६ अंक छ सोसिडाड ४३ अंक सहित तालिकाको छैटौ स्थानमा यथावत छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]