Radio Golden Live..

जमघट गरेर होली नखेल्न गृह मन्त्रालयको आग्रह, चिकित्सक भन्छन्, ‘पानीमा भिजेर होली नखेलौं’

गृह मन्त्रालयले जमघट गरेर होली नखेल्न सबैमा आग्रह गरेको छ ।

कोरोनाभाइरसको संक्रमण फैलन नदिन ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको सरकारले यसपटक सामुहिक रुपमा होली नखेल्न, भीडभाड गर्ने तथा लोला पानी हाल्ने काम नगर्न सबैसँग अनुरोध गरेको छ ।

चिकित्सकहरुले पनि पहिलेका वर्षहरुमा जस्तो यसपटक जमघट भएर होली नखेल्न आग्रह गरेका छन् ।

भिडभाडमा जाँदा र पानीमा भिज्दा संक्रमणकोे डर हुने भएकाले सजक हुन उनीहरुको आग्रह छ ।

नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो । 

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]