अलिबाबाका ज्याक माले जिते अम्बानीलाई , बने एशियाका सबैभन्दा धनी

भारतीय उद्योगपति तथा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीको नामबाट एशियाका सबैभन्दा धनी व्यक्तिको ताज छिनेको छ । अब एशियाका सबैभन्दा धनी व्यत्ति, चिनियाँ व्यवसायी अलिबाबा ग्रुप होल्डिङ्सका संस्थापक ज्याक मा बनेका छन् ।

विश्वमा देखिएको आर्थिक संकट र तेलमा आएको गिरावटका साथसाथै भारतमा देखिएको आर्थिक संकटका कारण मुकेशको यो पद छिनिएको हो । उनको सम्पत्ति सोमबार मात्र ५।८ अर्ब डलर घटेको बताइएको छ । यसपछि उनी एशियाका धनी व्यक्तिको सूचीमा दोस्रो नम्बरमा आएका छन् ।

एशियाका सबैभन्दा धनी ज्याक माको सम्पत्ति चाहिँ ४४।५ अर्ब डलर रहको छ । यो मुकेशको सम्पत्तिभन्दा २।६ अर्ब डलर बढी हो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]