विश्व चर्चित हलिउड अभिनेता टम ह्यान्स र उनकी श्रीमती रीता विल्सन कोरोना भाइरसबाट संक्रमित भएका छन् ।मिडिया रिपोर्टका अनुसार उनीहरु केही दिनदेखि बिरामी रहेका र पछि उपचारका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
उनीहरुले यसको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।
पछिल्लो समय कोरोना भाइरसका कारण विश्वभर कहर मच्चिरहेको छ । ४६ सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।