बलिउड अभिनेत्री सोनम कपुर क्वारेन्टाइनमा

बलिउड अभिनेत्री सोनम कपुर र उनका श्रीमान आनन्द आहुजा क्वारेन्टाइनमा बसेका छन्।

श्रीमान आनन्द आहुजासँग लन्डन बस्दै आएकी उनी भारत फर्किएलगत्तै सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमार्फत क्वारेन्टाइनमा बस्न लागेको बताएकी थिइन्।

आजको नागरिक दैनिकले छापेको समाचारअनुसार अभिनेत्री कपुर र उनका श्रीमान आहुजालाई कोरोना भाइरसको संक्रमण नदेखिए पनि परिवारका सदस्यसँग घुलमिल हुनुपर्ने हुँदा क्वारेन्टाइनमा बस्न लागेको जानकारी गराएकी छन्।

उनले विमानस्थलमा कोरोनाको विभिन्न परीक्षण गराएकी थिइन्। अन्तर्राष्ट्रिय यात्रा गरिरहेका यात्रुलाई समेत उनले क्वारेन्टाइनमा बस्न आग्रह गरेकी छन्।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]