गायिका कनिका कपुरविरुद्ध मुद्दा दर्ता

गायिका कनिका कपुर कोरोना भाइरसबाट संक्रमित भएकी छिन् । तर, संक्रमित भएपनि उनले देखाएको व्यवहारले सबै बलिउड सदस्यहरुलाई आश्चर्यचकित पारेको छ । मिडिया रिपोर्टका अनुसार उनीविरुद्ध उपी सरकारले मुद्धा दायर गरेको छ ।

कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएसँगै उनीविरुद्ध मुद्धा दर्ता गरिने भएको हो ।

उनी आइसोलेशनमा नबसेको र उनले भाइरस फैलाउने काम गरेको आरोप लागेको छ । उनी आइसोलेशनमा बस्नुपर्नेमा खुलेआम कार्यक्रममा हिडेपछि अन्यलाई पनि भाइरस सरेको हुनसक्ने बताइएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]