Radio Golden Live..

ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु, आमा घाइते

मिनिट्रको ठक्करबाट काभ्रेको बनेपामा बाबु छोराको ज्यान गएको छ।

काभ्रेको बनेपा नगरपालिका–१३ स्थित भैंसेपाटीमा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ ।

मोटरसाइकलमै सवार आमा भने घाइते छिन्। मोटरसाइकल चालक उदयपुर जिल्ला रौतमाई गाउँपालिका वडा नं. ४ स्थित ३५ वर्षीय मिनबहादुर श्रेष्ठ र उनको ५ वर्षीय छोरा सुनी श्रेष्ठको उपचारको क्रममा निधन भएको हो।

बा ५ ख २३९० नम्बरको मिनि ट्रकले बा ५७ प ७२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उदयपुर रौतमाई गाउँपालिका–४ का ३५ वर्षीय मिनबहादुर श्रेष्ठ र ५ बर्षीय छोरा सुविन श्रेष्ठको मृत्यु भएको हो । मिनबहादुरकी श्रीमती सुनिता श्रेष्ठको स्थानीय शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बनेपाबाट साँगातर्फ जाँदै गरेको मिनि ट्रकले काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]