Radio Golden Live..

नेपालभर लक डाउन, सर्वसाधारणलाई घरबाट बाहिर ननिष्किन निर्देशन

सरकारले एक साताका लागि घरबाट बाहिर निष्किन रोक लगाएको छ । अत्यावश्यक बाहेकका व्यक्ति घरबाट बाहिर निष्किन पाउने छैनन् । यो व्यवस्था चैत ११ गते मंगलबार बिहान ६ बजेबाट चैत १८ गतेसम्म लागू हुनेछ ।

कोरोना भाइरसको संक्रमण भेटिएपछि सरकारले पूर्णरुपमा लक डाउन गर्ने निर्णय गरेको हो । सरकारको कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी १ साताका लागि सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

सुरक्षा निकाय, स्वास्थ्यकर्मी खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने र अनुमति प्राप्त बाहेकका सवारी साधन चलाउने पाइने छैन । सरकारी तथा निजी क्षेत्रका सबै कार्यालय बन्द रहनेछन् । सरकारी कार्यालयका अत्यावश्यकबाहेकका सबै कर्मचारीलाई विदा दिइएको छ ।

सोमबार कोरोना संक्रमित महिला भेटिएपछि सरकारले मुलुक लक डाउन गर्ने निर्णय गरेको हो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]