विप्लव नेतृत्वको नेकपाका दुई केन्द्रीय सदस्य रिहा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई केन्द्रीय सदस्य रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशपछि नेकपाका केन्द्रीय सदस्य नविन विक (हितमान) र अनेमसंघ क्रान्तिकारीकी महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’ बुधबार रिहा भएका हुन् । रिहा भएलगत्तै उनीहरु सुरक्षित स्थानमा गएको बुझिएको छ ।

यसअघि चैत ३ गते सर्वोच्च अदालतको आदेशपछि उनीहरु रिहा भएका थिए । रिहा भएललगत्तै उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । अदालतको गेटबाटै पक्राउ परेका उनीहरुलाई आफन्तले बन्दी प्रत्यक्षिकरणको रिट हालेपछि सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगाना र टंकबहादुर मुत्तातको संयुक्त इजालसले पुनः रिहा गर्न आदेश दिएको थियो । उक्त रिटमा ५ अधिवक्ताले बहस गरेका थिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]