Radio Golden Live..

कोरोनाविरुद्ध लड्न सन्दीपको एक लाख सहयो

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आर्थिक सहयोगको घोषणा गरेका छन् । उनले कोरोना राहत कोषका लागि सरकारलाई एक लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनले आफ्नो सामाजिक सञ्जालमार्फत कोरोना राहत कोषका लागि सरकारलाई एक लाख दिने घोषणा गरेका हन् । “शारीरिक दुरीको यस घडीमा हेरचाह र समर्थनको खाँचौ परिरहेको नबिर्सनु होस्,ˮ उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “दया र जिम्मेवारीसँगै मानवता हावी हुने छ । सबै सुरक्षित रहनुस् ।ˮ
यतिबेला विश्वनै कोरोना भाइरसका कारण आक्रान्त बनेको छ । जसको प्रभाव नेपालका समेत परेको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]