Radio Golden Live..

गाजियावादमा अलपत्र ८० नेपालीको उद्धार गरियोस् : कांग्रेस नेता केसी

नेपाली कांग्रेसका नेता अर्जननरसिंह केसीले भारतको राजधानी नयाँदिल्ली महानगर निकट पूर्ववर्ति गाजियावादमा अलपत्र ८० नेपालीको उद्धार गर्न माग गरेका छन्।

मुम्बईबाट स्वदेश फर्किन रेलमा आएका ती नेपाली लकडाउनका कारण अलपत्र परेको खबर भारतीय सञ्चार माध्यममा सार्वजनिक भएको थियो।

केसीले फेसबुकमा लेखेका छन्, ‘भोकै–प्यासै बीच बाटोमा अलपत्र र उपायहिन अवस्थामा रोकिएको र हालसम्म उनीहरूको कतै–कसैबाट उद्धार नभएको स्थितिप्रति अत्यन्त दुःखीत छु । त्यसमा डेढमहिनाको बच्चासहितकी सुत्केरी महिला पनि छन् र भोकै रहेको बच्चाले आमाको दूध पनि खान नपाएको हृदयविदारक,कारुणिक अवस्था देखिन्छ।’

यस अवस्थामा स्वदेश फर्किन चाहने तर उपयाहिन अवस्थामा अलपत्र परेका नागरिक जहाँ भए पनि फर्काउन सरकारले विशेष प्रबन्ध मिलाउनुपर्ने उनको माग छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]