एलपी ग्यास उत्पादकहरुले धमाधम आफ्नो ग्यास पाइने डिलरको नाम र ठेगाना सार्वजनिक गर्न थालेका छन् ।
बुधबार नेपाल आयल निगमले आधा भरिएको सिलिन्डर उपलब्ध गराउन निर्देशन दिएपछि शुक्रबारदेखि उनीहरुले आफ्ना ग्यास पाउने डिलरको नाम र ठेगाना उपलब्ध गराएका हुन् । ग्यास कम्पनीले सार्वजनिक गरेको बिक्री योजनामा कुन मितिमा, कुन डिलरमा कति परिमाणमा ग्यास उपलब्ध भएको जानकारी गराइएको छ ।
ती कम्पनीहरुमध्ये धेरैले भरी सिलिन्डर उपलब्ध गराएको जानकारी गराएका छन् भने केहीले आधा सिलिन्डर उपलब्ध गराएका छन् ।
१) कोशी ग्यास
विराटनगरमा उत्पादन हुने कोशी ग्यासले चैत १४ र १७ गते गरी कुल ७ हजार ५ सय २५ सिलिन्डर ग्यास उपलब्ध गराउने जानकारी गराएको छ ।
यी स्थानमा पाइन्छ कोशी ग्यास
२) बाबा ग्यास
बाबा ग्यासले काठमाडौंको बजारमा ९ सय ४८ वटा भरी सिलिन्डर ग्यास उपलब्ध गराउने भएको छ । कम्पनीले डिलरको नाम, सम्पर्क नम्बर तथा पठाइएको परिमाणबारे जानकारी गराएको छ ।
यी स्थानमा पाइन्छ बाबा ग्यास
३) काबसन ग्यास
काबसन ग्यासले तीनवटा डिलरमार्फत् ७ सय ४ सिलिन्डर ग्यास उपलब्ध गराउने जानकारी दिएको छ ।
यी स्थानमा पाइन्छ काबसन ग्यास
४) सगरमाथा ग्यास
सगरमाथा ग्यासले चैत १४ गते ५८ जटा डिलरमार्फत् २ हजार ९ सय ९८ सिलिन्डर ग्यास उपलब्ध गराउने जानकारी दिएको छ ।
यी स्थानमा पाइन्छ सगरमाथा ग्यास
५) मारुती ग्यास
बिराटनगरको मारुती ग्यासले निम्न स्थानबाट आफ्नो ग्यास उपलब्ध गराउने जानकारी दिएको छ । कम्पनीको ग्यास एउटा डिलरमा ७० देखि २ सय २५ वटा उपलब्ध छ ।
६) सुगम ग्यास
सुगम ग्यासले राजधानीका ३० वटा डिलरमार्फत् २ हजार ७ सय ३६ वटा ग्यास सिलिन्डर बेच्ने जानकारी दिएको छ ।
यसैगरी सुनसरी र भोजपुरमा कम्पनीले ७ वटा डिलरमार्फत् ३ सय ५३ वटा सिलिन्डर बेच्ने बताएको छ ।
७) एभरेस्ट ग्यास
एभरेस्ट ग्यासले राजधानीका ३१ डिलरमा १ सय ५ सय ६५ सिलिन्डर ग्यास उपलब्ध गराएको छ ।
८) राजधानी ग्यास
राजधानी ग्यासले देशभरका १४ स्थानबाट २ सय १७ सिलिन्डर ग्यास बेच्ने जानकारी दिएको छ ।
९) हिमालयन ग्यास
हिमालयन ग्यासले देशभरका १२ जिल्लामा ३ हजार ८ सय २५ सिलिन्डर ग्यास उपलब्ध गराउने जानकारी दिएको छ ।
१०) बाबा–श्री ग्यास
चैत १४ गते बाबा–श्री ग्यासले चैत १४ गते ९ सय ४८ सिलिन्डर ग्यास उपलब्ध गराउने जानकारी दिएको छ ।
११) बुटवल ग्यास
बुटवल ग्यासले बिहीबार २० वटा डिलरमार्फत् रुपन्देही र पाल्पाका विभिन्न स्थानमा ग्यास बेचेको जानकारी दिएको छ । यी डिपोहरुमा शुक्रबार पनि ग्यास उपलब्ध हुनेछन् ।
१२) गीता ग्यास
गीता ग्यासले राजधानीका विभिन्न स्थानमा रहेका आफ्ना १० वटा डिलरमार्फत् प्रतिडिलर कम्तिमा ४० देखि १ सय ९२ सिलिन्डरसम्म ग्यास बिक्री गर्ने जनाएको छ ।
१३) उग्रचण्डी ग्यास
चैत १४ गते उग्रचण्डी ग्यासले काडमाडौं, ललितपुर रामेछापमा चारवटा डिलरमार्फत् २ सय २० वटा भरी सिलिन्डर बेच्दैछ ।
१४) नेपाल ग्यास र तारा ग्यास
नेपाल र तारा ग्यासले राजधानीका १५ डिलरमार्फत् १३ सय २० सिलिन्डर भरी ग्यास उपलब्ध गराउने भएको छ । नेपाल र ताराका सबै डिलरमा ८० वटा सिलिन्डर उपलब्ध हुन्छ । एउटामा भने २ सय सिलन्डर ग्यास उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
उल्लेखितबाहेक अरु ग्यास कम्पनीहरुले पनि आफ्नो डिलर सार्वजनिक गर्ने क्रममा छन् । सार्वजनिक भएपछि हामी उपलब्ध गराउने छौं ।
१५) मनोज ग्यास
मनोज ग्यासले चैत १४ गते प्रदेश २ र वागमती प्रदेशका विभिन्न जिल्लाका लागि ४ सय ९ सय ८० सिलिन्डर ग्यास उपलब्ध गराउने भएको छ ।
१६) त्रिशूल ग्यास
त्रिशूल ग्यासले आफ्ना तीनवटा डिलरमार्फत् ८० सिलिन्डर ग्यास उपलब्ध गराउने जानकारी दिएको छ ।
१७) श्रीकृष्ण ग्यास
पोखराको नदीपुरस्थित बीएन्डबी सप्लायर्समा श्रीकृष्ण ग्यासको ६ सय १६ ग्यास उपलब्ध छ ।
१८) रोयल ग्यास
कैलाली र कञ्चनपुरका ९ वटा डिलरमा रोयलको ५ सय ५ वटा सिलिन्डर ग्यास उपलब्ध गराइएको छ ।