Radio Golden Live..

पूर्वराजा ज्ञानेन्द्रद्वारा कोरोना कोषमा २ करोड सहयोग

पूर्व राजा ज्ञानेन्द्र शाहले सरकारले गठन गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा हिमानी कोषमार्फत २ करोड सहयोग गरेका छन् ।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बनाएको कोषमा पूर्वराजपरिवारले दुई करोड सहयोग गरेका हुन । पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवार पनि सदस्य रहेको हिमानी कोषमार्फत् यो रकम सहयोग गर्न लागिएको हो ।

मंगलबार एक विज्ञप्ति निकाल्दै पूर्व राजा ज्ञानेन्द्रले भनेका छन् – दु:ख-कष्ट र आपत-बिपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दाखिला गर्न बुझाएका छौ । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौ ।’ 

पूर्वराजा ज्ञानेन्द्र शाहले यो महामारीमा सरकारले ल्याएका निर्देशन पालना गर्न पनि नेपालीहरुलाई अनुरो गरेका छन् । विज्ञप्तिमा लकडाउन अनिवार्य आवश्यकता भएकाले यसमा गैरजिम्मेवार हुने छुट कसैलाई पनि नभएको पूर्वराजाले उल्लेख गरेका छन् ।

उनले यस्तो महामारीमा पनि ज्यानको पर्वाह नगरेका सुरक्षाकर्मी, चिकित्सक तथा नर्स र मेडिकलकर्मीहरुलाई आभार पनि प्रकट गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ–

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट विश्वमा देखा परेको कोभिद १९” को सम्बन्धमा बक्सेको सन्देश:

विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौं । देश र जनतामा यस महामारीले भय र संत्रास पैदा गराएको छ। मानव अस्तित्व रक्षाका निम्ति भई रहेको पहल प्रति सम्बेदनशील हुँदै हामी सबैले आ-आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पुर्‍याउनु अनिवार्य भै सकेको छ ।

यो अबस्थाबाट मुक्त हुन लकडाउन” नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ।

महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सकनर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत  सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर  योगदान पुर्‍याउने सन्चारकर्मी एबम पत्रकारहरूप्रती हामी आभारी छौँ ।

आम नेपाली दाजुभाई तथा दिदी बहिनीले दु:खको घडीमा अभाव र समस्या सहेर पनि यस बिरुद्ध लड्न जुन अनुशासन तथा धैर्यता दर्शाउनुभएको छ यसको हामी उच्च सराहना गर्दछौं ।

राहतउद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्र सरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भै रहेको बेलामा यसको प्रसंशा गर्दै यसलाई अझै  प्रभावकारी बनाउन हामी अनुरोध गर्दछौ । दु:ख-कष्ट र आपत-बिपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको कोरोना भाईरस संक्रमणरोकथामनियन्त्रण र उपचार कोष” मा दाखिला गर्न बुझाएका छौ । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौ ।

भगवान श्री पशुपतिनाथले हामी सबैको रक्षा गरून्,

जय नेपाल।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]