Radio Golden Live..

‘लकडाउन’को नियम तोड्ने बढ्दै, आठ सय भन्दा बढि नियन्त्रणमा

उपत्यकाबाट बिहिवार लकडाउन उल्लङघन गर्ने आठ सय भन्दाबढिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार विहिबार विहान ८ बजेसम्म ६ सय ५० भन्दाबढि पुरुष र एक सय ५० जना महिलालाई नियन्त्रणमा लिएर संक्रमणबारे सचेतना दिएको जनाएको । उनीहरुलाई प्रहरीले सडकमा डोरीले बनाएको (खुला हिरासत)होल्डिङ क्षेत्रमा राखेको जनाएको छ ।

त्यस्तै प्रहरीले १ सय ४० वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ। गत सोमबारदेखि नै प्रहरीले दैनिकरुपमा त्यसरी घर बाहिर निक्सनेलाई नियन्त्रणमा लिदै आएको छ । उनीहरुलाई पहिलो दिन दुई घण्टा नियन्त्रणमा राखेको प्रहरीले अहिले तीन घण्टा नियन्त्रणमा राखेर उभ्याउदै आएको छ ।

प्रहरीले घण्टौ नियन्त्रणमा राख्दापनि लकडाउनको नियम तोड्ने सर्वसाधारण भने दैनिक रुपमा बढ्दै गएका छन् । सरकारले चैत २५ गतेसम्म लकडाउन कायम राखेको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]