लक्ष्मी बैंकले कोभिड –१९ को महामारीकोे नियन्त्रण तथा प्रभावितहरुलाई राहत दिन १ करोड रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गर्ने भएको छ ।
बैंकले ३० लाख रुपैयाँ नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तथा बाँकी ७० लाख सातैवटा प्रदेशमा सम्बन्धित प्रदेश सरकारले स्थापना गरेको कोषमा १०–१० लाखका दरले जम्मा गरिदिने भएको हो ।