जाली राहदानी प्रयोगको आरोप लागेका रोनाल्डिन्हो जेलबाट रिहा

एजेन्सी- ब्राजिलियन फुटबल स्टार रोनाल्डिन्हो र उनका भाई पाराग्वेको जेलबाट छुटेका छन्।

पाराग्वेको अदालतले रोनाल्डिन्हो र उनका भाईलाई जेल मुक्त गर्ने निर्णय गरेसँगै हिजो, २५ चैतमा उनी जेलबाट छुटेका हुन्।

न्यायाधीश गुस्ताभो अमरिल्लाले उनीहरू असुनसियनको एक होटलमा बस्न सक्ने निर्णय सुनाएका हुन्।

रोनाल्डिन्हो र उनका भाई रोबेर्टो जाली राहदानी प्रयोग गरेको ओरोपमा पाराग्वे राजधानीबाट पक्राउ परेका थिए।

दुवैजनालाई छ महीना जेल सजाय हुने भनिएको थियो। रोनाल्डिन्होका वकीलले १६ लाख डलर धरौटीका लागि बुझाएका छन्।

कोरोना भाइरस संक्रमणबाट बच्न पाराग्वेको राजधानी आफैँ अहिले लकडाउनबाट गुज्रिरहेको छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]