Radio Golden Live..

विश्वभर कोरोनाका कारण आठ नेपालीको मृत्यु

कोभिड–१९ का कारण हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको मृत्यु भएको छ ।

अमेरिकामा पाँच, बेलायतमा दुई र संयुक्त अरब इमिरेट्स ९युएई०मा एक नेपालीको मृत्यु भएको हो । कम्तिमा सय भन्दा संक्रमित छन् ।

नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म चार नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये तीनजना निको भई काममा फर्किएको रियादस्थित नेपाली दूतावासले जनाएको छ । अन्य एकको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

साउदी अरबमा कोरोनाका कारण ४१ जनाको मृत्यु र २ हजार ९ सय संक्रमित भएका छन् ।

साउदीले कोरोनाको संक्रमण फैलन नदिन मुलुकभर कफ्र्यू लगाएको छ । साउदीमा दुई लाखभन्दा बढी नेपाली रहेको बताइन्छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]